राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का दोषी ठहर , अदालतले तोक्यो यस्तो सजाय — OSNepal

राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का दोषी ठहर , अदालतले तोक्यो यस्तो सजाय

LC (KTM) February 17, 2022 0

अन्ततः नक्कली प्रमाण पत्रको प्रयोग गरेको सम्बन्धमा विशेष अदालतले नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्कालाई बिहीबार दोषी ठहर गरेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको मुद्दामा पूर्व कप्तान खड्कालाई दोषी ठहर गरेको हो ।

उनलाई न्यायाधीशद्वय अब्दिुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले दोषी ठहर गरेको हो । अदालतले उनलाई ५ हजार जरिवाना सुनाएको छ ।अख्तियारले गत माघ १२ गते खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।नेपाल प्रहरीमा जागिर खान पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएपछि अख्तियारले खड्काविरुद्ध मुद्दा दायर गरेको हो ।

खड्काले प्रहरी सहायक निरीक्षक पदमा नियुक्त हुँदा शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको अख्तियारले जनाएको छ । नेपाली राष्ट्रिय टिमका लागि सर्वाधिक १३ गोलकर्ता खड्का नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्व प्रशिक्षक समेत हुन् । पूर्व स्ट्राइकर खड्का बिस २०५३ सालको मंसिर १४ गते मध्य क्षेत्रीय तालिम केन्द्र चितवनबाट प्रहरी जवानमा भर्ना भएका थिए ।

यस्तै बिस २०५५ कात्तिक १ गते असईमा भर्ना हुँदा माध्यमिक शिक्षा परिषद् उत्तरप्रदेश वाराणसीबाट उत्तीर्ण गरेको आईएको प्रमाण पत्र पेश गरेका थिए ।तर, खड्काले २०७२ असार २२ गते घरायसी कारण देखाएर राजीनामा दिएका थिए । त्यहि असार ३१ गते उनको राजीनामा स्वीकृत भएको थियो । ​

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर