नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त — OSNepal

नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त

LC (KTM) February 17, 2022 0

काठमाडौं ५ फागुन । नेपाल धितोपत्र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् ।

आज बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले पूँजी बजार क्षेत्रको नियमनकारी निकायमा हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

बोर्डको अध्यक्षमा तिन जनाको नाम परेकोमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समितिले हमालको नाम छनोट गरेको हो ।

तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले पदमुक्त गरेसँगै हमाल अध्यक्षमा नियुक्त भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर