सोमालियामा खाद्य संकट,२७ लाखभन्दा बढी मानिस प्रभावित — OSNepal

सोमालियामा खाद्य संकट,२७ लाखभन्दा बढी मानिस प्रभावित

LC (KTM) June 05, 2021 0

संयुक्त राष्ट्रसंघ – सोमालियमा खडेरीका कारण खाद्य संकट परेको जनाइएको छ । यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खा पन भएको र जसका कारण २७ लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ । सो कुरा सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले जानकारी दिएको छ । मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का अनुसार सोमालियामा खडेरीका कारण यहाँका यति धेरै नागरिक प्रभावित भएका हुन् ।

यसै वर्षको अप्रिलदेखि सेप्टेम्बर सम्ममा ती नागरिकलाई खाद्य संकट पर्ने जनाइएको छ । आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएकोले यहाँ खाद्यान्न उत्पादन हुन सकेको छैन त्यसैले उनीहरुलाई आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने जनाइएको छ । सोमालियाको सरकारले यही अप्रिल २५ तारिखका दिन संयुक्त राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरी यहाँ खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरिएको थियो । सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह पनि गरेको बताइएको छ । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर