काठमाडौं ५ फागुन । सरकारले थप १३ वटा स्थानीय तह थप्ने निर्णय गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १३ वटा स्थानीय मन्त्रालय थप्ने निणर्य गरेको हो ।
मन्त्रालयले हाल कायम रहेका ७ सय ५३ वटा तहमा १३ वटा थपेर ७ सय ६६ पुर्याउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ ।
सो निणर्य मन्त्रिपरिषद्ले राजपत्रमा प्रकाशित गरेपछि स्थानीय तह थप गर्ने निर्णय कार्यान्वयनमा आउनेछ ।