काठमाडौं ५ फागुन । नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठवन्धन बचाउने प्रयास जारी रहने बताएका छन् ।
बिहिबार सत्ता गठवन्धनको बैठक अगावै सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र श्रेष्ठसँग भेटपछि अध्यक्ष प्रचण्डले एमसीसीलाई निकास दिएर सकेसम्मआफुहरु गठबन्धन बचाउने पक्षमा रहेको बताएका हुन् ।
साथै प्रचण्डले आज बस्ने सत्तागठवन्धनको बैठकबाट एउटा निकास खोजिने पनि बाएका छन् । तिन नेताबिच भएको भेटमा पनि एमसीसी विषयमा छलफल भएको हुन सक्ने बुझिएको छ ।
यसभन्दा अघि आज बिहान गठवन्धन बचाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
भेटमा एमसीसीको विषयमा आफु व्याक नहुने जवाफ देउवाले दिएपछि प्रचण्ड नेपालसँग छलफलमा जुटेका हुन् ।