काठमाडौं ५ फागुन । आज साँझ पाँच बजे बस्ने सत्ता गठवन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको निणर्य निर्णायक हुने भएको छ ।
बैठक सुरु हुनु पाँच लगभग पाँच बाँकी रहँदा पनि देउवाले आफ्नो निणर्य बदलेका छैनन् भने एमसीसी पास गरेरै छाड्ने कांग्रेसका सभापति समेत रहेका देउवाको रणनिति रहेको छ ।
सत्ता गठवन्धनको बैठकम अगावै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आज बिहान भएको भेटमा समेत एमसीसीको पक्षमा रहेका देउवाले आज साँझ पक्कै कठोर निणर्य लिन्छन् यसको भार कांग्रेस आफैलाई पछृ भने सरकारमा सहभागी भएका सबैललाई यसको असर पर्ने देखिएको छ ।
सरकारमा सहभागी माधव नेपाल नेतृत्वको नेकपा एस पनि एमसीसीको विपक्षमा रहेको छ । राष्ट्रिय जनमोर्चा पनि एमसीसी विरोधी रहेको छ । सरकारमा सभागी सबै दल विपक्षमा उभिदा पनि कांग्रेसलाई ठिक लागेको कुरा गरेरै छाड्ने भन्दै महामन्त्री गगन थापाले समेत बताइसकेका छन् ।
यस कारण पनि देउवा पछि नहट्ने देखिन्ट भने प्रचण्ड नेपाल सहमित नभए देउवाले गठवन्धन टुटाएर भएपनि एमसीसी पारित गरेरै छाड्ने देखिएको छ । देउवा यता प्रतिपक्षी दल नेकपा एमालेसँग नयाँ गठवन्धन बनाउन लागि परेको समेत बुझिएको छ ।
एमसीसी पास गरे माओवादी र नेकपा एसले सरकार छाड्ने घोषणा गरिसकेका छन् । यता देउवा आफ्नो निणर्यमा व्याक नहुने स्पष्ट पारिसकेका छन् । यसको फाइदा अब अध्यक्ष केपी ओलीलाई हुने भएको छ । एमसीसीका कारण उनको पावर बढ्दै गएको देखिन्छ ।
आजको बैठकमा सम्भवत गठवन्धन टुट्ने लगभग निश्चित जस्तै भएको छ । तर अन्तिम समयमा आएर प्रचण्ड नेपालले आफ्नो निणर्य बदल्न पनि बेर छैन ।