नेपालले खेलकूदमा राम्रो सुधार गरिरहेको छ । नेपालको समग्र खेल क्षेत्रलाई छोटो समयमा ब्यवस्थित गर्ने बेलामा जनता समाजवादी पार्टी जसपा का नेता एकवाल मियाँ युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् ।
उनले खेल क्षेत्रलाई कत्तिको अगाडि बढाउँछन् त्यो त हेर्न बाँकि नै छ । खेल क्षेत्रमा नयाँ भिजन भएको नेता चाहिने अवस्थामा मियाँलाई निक्कै ठुलै चुनौती रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद्को विस्तार गर्दै मियाँलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिएको हो । मियाँले बारा क्षेत्र नम्बर ४ बाट चुनाव जितेका थिए । सर्वोच्च अदालतले दावा लामालाई पदबाट हटाएपछि युवा तथा खेलकुद मन्त्रालय मन्त्री विहीन रहेको थियो ।