प्रशिक्षक अब्दुल्लाह आएपछि एकाएक किन नेपालको खेल सुधारियो , फरवार्ड अञ्जन बिष्ट भन्छन् - पहिलाको भन्दा अहिले खेल्ने रणनीति र शैली नै पृथक छ — OSNepal

प्रशिक्षक अब्दुल्लाह आएपछि एकाएक किन नेपालको खेल सुधारियो , फरवार्ड अञ्जन बिष्ट भन्छन् – पहिलाको भन्दा अहिले खेल्ने रणनीति र शैली नै पृथक छ

LC (KTM) June 04, 2021 0

नेपालले पछिल्लो समयमा फुटबलमा एक किसीमको सुखद नतिजा दिईरहेको छ । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुतारी आएसंगै नेपालको खेल्ने शैलीमा पुरै परिवर्तन आएको छ । यो कुरालाई राष्ट्रिय फुटबल टिमका फरवार्ड अन्जन विष्टले पनि थप पुष्टि गरेका छन् ।

उनले नेपाली टिमको खेल्ने रणनीति र शैली फेरिएको बताएका छन् । विश्वकप छनोटमा बिहिबार चाईनिज ताईपेविरुद्ध प्राप्त जितसंगै फरवार्ड विष्टले नेपाली टिमको खेल्ने रणनीति र खेल्ने शैली फरक भएको बताए । उनले नेपाली टिम पछिल्लो समय प्रतिद्धन्दी टिमविरुद्ध एकदमै आक्रमक रुपमा प्रस्तुत भईरहेको प्रतिक्रिया दिए ।

उनले कोचले सिकाएको अभ्यास फरक किसीमको रहेको बताए । अन्जन विष्टको पेनाल्टी गोलमा नेपालले बिहिबार ताईपेविरुद्ध अग्रता लिएको थियो । नेपालले ताईपेविरुद्धको दोस्रो लेगमा २–० को जित निकालेको थियो । नेपालका लागि अर्को गोल नवयुग श्रेष्ठले गरेका थिए ।

नेपालले अझै शक्तिशाली टिम जोर्डन र अष्ट्रेलियासंग खेल्न बाँकी नै छ । बिश्वकप छनोटका लागि यो यात्रा एकदमै कठिन रहेको छ । अब आउने दिनमा राम्रा टिम रहेकोले स्टेप वाई स्टेप जाने बिष्टले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर