एमसीसीको विषयमा प्रचण्ड र देउवाले आ आफ्नो अडान नछाडेपछि सत्ता गठवन्धनको बैठक सर्यो — OSNepal

एमसीसीको विषयमा प्रचण्ड र देउवाले आ आफ्नो अडान नछाडेपछि सत्ता गठवन्धनको बैठक सर्यो

LC (KTM) February 17, 2022 0

काठमाडौं ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा सहमति नहुँदा सत्ता गठवन्धनको बैठक सरेको छ ।

आज दिउँसो ३ बजे एमसीसीको विषयमा गठवन्धन बिच सहमति गराउन भन्दे बस्न लागेको बैठक सरेको हो । बैठक अब साँझ पाँच बजे बस्ने भएको छ ।

बिहिबार बिहान बालुवाटारमा प्रचण्ड र देउवा बिच भएको भेटवार्तामा दुवैले आ आफ्नो अडान लिँदा बैठक सारिएको स्रोतले जनाएको छ । सत्ता गठवन्धन भित्र माओवादी एकिकृत समाजवादी जसपा र जनमोर्चा एमसीसीको विपक्षमा हुँदा कांग्रेसले तत्काल एमसीसी पारित गर्न लागि परेको छ ।

योपनि …
प्रचण्डले अहिले एमसीसी टेबल नगरौं भन्दा देउवाले भने अब यस विषयमा व्याक हुन्न कांग्रेसले निर्णय गरिसक्यो

काठमाडौं ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

आज दिउँसो बस्ने सत्ता गठवन्धनको बैठकमा अमेरिकी परियोजना एमसीसीको विषयमा साझा धारणा बनाउन बैठक अगावै प्रचण्ड र देउवाको भेटवार्ता भएको हो ।

दुई नेता बिच भएको भेटमा दुवैले आ -आफ्नो अडान लिँदा एमसीसीको विषयमा सहमति नभएको बताइएको छ । प्रचण्डले निर्वाचन नजिकिरहेका बेला एमसीसी अनुमोदन गर्न नकिने भन्दै अहिले संसदमा एमसीसी टेबल नगर्न देउवालाई दवाव दिएका छन् ।

देउवा अब आफु यस विषयमा व्याक नहुने अडान लिएका छन् । प्रचण्डले अहिले टेबल नगरौं भन्दा देउवाले एमसीसीबारे कांग्रेसले निर्णय गरिसकेकाले ब्याक हट्न नसक्ने जवाप दिएको बालुवाटार स्रोतले जनाएको छ ।

बुधबारको संसद बैठकमा एमसीसी टेबल गर्न तयार भएको कांग्रेसलाई अन्तिममा आएर गठवन्धनको आग्रहमा रोकिएको थियो । भोली शुक्रबार बस्ने संसद बैठकमा मसीसी टेबल गर्ने भनिएपछि आज सत्तागटवन्धनमा सहमति जुटाउन बैठक बस्ने लागेको हो ।

आज दिउँसो ३ बजेको लागि बस्ने भनिएको बैठक पनि साँझ पाँच बजेको लागि सारीएको छ । यता कानुनमन्त्री दिलेन्द्र बडू शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने दावी गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर