महामारीले बलिउडलाई पुरै प्रभावित बनायो, फिल्मको शुटिंग सेट भत्काउन बिवश , सलमानको टाइगर ३ को पनि सेट तोडियो — OSNepal

महामारीले बलिउडलाई पुरै प्रभावित बनायो, फिल्मको शुटिंग सेट भत्काउन बिवश , सलमानको टाइगर ३ को पनि सेट तोडियो

LC (KTM) June 04, 2021 0

कोरोना महामारीका कारण फिल्म निर्माणका लागि असहज भएको छ । बलिउडका थुप्रै फिल्महरु महामारीका कारण रोकिएका छन् । कतिपयको फिल्मको शुटिंगका लागि तयार पारिएको शेट नै तोड्नु समेत परेको छ ।

यस्तै भएको छ फिल्म ‘टाइगर ३’ मा । यस फिल्मको सुटिङ सेट तोडिएको छ । कोरोना र लकडाउनका कारण फिल्मको सुटिङ अनिश्चित भएपछि निर्माण युनिटले मुम्बईमा सुटिङका लागि बनाएको सेट तोडेका हुन् ।

सलमान खान र कट्रिना कैफले फिल्मको सुटिङ गत मार्चमा मुम्बईको एक स्टुडियोमा सुरु गरेका थिए । यस फिल्ममा इमरान हासमी समेत रहेका छन् । कट्रिना कोरोना संक्रमित भएपछि फिल्मको सुटिङ रोकिएको थियो ।

त्यसयता सुटिङ सुरु हुन सकेको छैन । सेटलाई राखि राख्न महङ्गो पर्ने भएकोले निर्माण युनिटले बनाएको सेट तोडेको हो । फिल्म सुटिङको समय सेट फेरि बन्नेछ । यसो गर्दा धेरै नोक्सानी बेहोर्नु नपर्ने निर्माण युनिटको भनाई रहेको छ । यसअघि कोरोना र चक्रावतका कारण अजय देवगनको मैदान फिल्मको दुई दुई पटक सेट भत्काइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर