प्रचण्डले अहिले एमसीसी टेबल नगरौं भन्दा देउवाले भने, अब यस विषयमा व्याक हुन्न, कांग्रेसले निर्णय गरिसक्यो — OSNepal

प्रचण्डले अहिले एमसीसी टेबल नगरौं भन्दा देउवाले भने, अब यस विषयमा व्याक हुन्न, कांग्रेसले निर्णय गरिसक्यो

LC (KTM) February 17, 2022 0

काठमाडौं ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।

आज दिउँसो बस्ने सत्ता गठवन्धनको बैठकमा अमेरिकी परियोजना एमसीसीको विषयमा साझा धारणा बनाउन बैठक अगावै प्रचण्ड र देउवाको भेटवार्ता भएको हो ।

दुई नेता बिच भएको भेटमा दुर्वले आ-आफ्नो अडान लिँदा एमसीसीको विषयमा सहमति नभएको बताइएको छ । प्रचण्डले निर्वाचन नजिकिरहेका बेला एमसीसी अनुमोदन गर्न नकिने भन्दै अहिले संसदमा एमसीसी टेबल नगर्न देउवालाई दवाव दिएका छन् ।

देउवा अब आफु यस विषयमा व्याक नहुने अडान लिएका छन् । प्रचण्डले अहिले टेबल नगरौं भन्दा देउवाले एमसीसीबारे कांग्रेसले निर्णय गरिसकेकाले ब्याक हट्न नसक्ने जवाप दिएको बालुवाटार स्रोतले जनाएको छ ।

बुधबारको संसद बैठकमा एमसीसी टेबल गर्न तयार भएको कांग्रेसलाई अन्तिममा आएर गठवन्धनको आग्रहमा रोकिएको थियो । भोली शुक्रबारबस्ने संसद बैठकमा एमसीसी टेबल गर्ने भनिएपछि आज सत्तागठवन्धनमा सहमति जुटाउन बैठक बस्ने लागेको हो ।

आज दिउँसो ३ बजेको लागि बस्ने भनिएको बैठक पनि साँझ पाँच बजेको लागि सारीएको छ । यता कानुनमन्त्री दिलेन्द्र बडू शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल हुने दावी गरिसकेका छन् ।
बललबउगचलब उयकत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर