सत्तागठवन्धन प्रति बाँस्कोटाको टिप्पणी : आफ्नै सामान आफैलाई बेच्चे घ्यू बेचुवा र तलवार बेचुवाहरुले आयोजना गर्ने मेलामा कस्ले कस्लाई झुक्याउन सफल होला — OSNepal

सत्तागठवन्धन प्रति बाँस्कोटाको टिप्पणी : आफ्नै सामान आफैलाई बेच्चे घ्यू बेचुवा र तलवार बेचुवाहरुले आयोजना गर्ने मेलामा कस्ले कस्लाई झुक्याउन सफल होला

LC (KTM) February 17, 2022 0

काठमाडौं ५ फागुन । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकु बाँस्कोटाले सत्तागठवन्धन दलहरुलाई घ्यू बेचुवा र तलवार बेचुवाको संज्ञा दिएका छन् । आज अमेरिकी परियोजना एमसीसी निर्णायक छलफल हुने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तागठवन्धनको बैठक बोलाएका छन् ।

यही प्रसंगलाई लिएर नेता बाँस्कोटाले घ्यू बेचुवा र तलवार बेचुवाहरुले आज आयोजना गर्ने भनिएको मेलामा कस्ले कस्लाई झुक्याउन सफल हाmो भन्दै आलोचना गरेका हुन् ।

नेकपा माओवादी र एकिकृत समाजवादी पार्टीले एमसीसी पारित गरे सरकार छाड्ने चेतावनी दिएपछि बुधरबार संसद बैठकमा पेश गर्ने भनिएको एमसीसी संसदको बैठकको कार्यसुचीमा समेत परेन ।

बालुवाटार पुगि अध्यक्ष प्रचण्डले देउवालाई एमसीसी संसदमा पेश नगर्न सहमति गराएका थिए । आज दिउँसो ३ बजे बस्ने सत्तागठवन्धको बैठकमा एमसीसीको विषयमा सहमति गराएर भोली शुक्रबार बस्ने संसद बैठकमा पेश गर्ने देउवाको तयारी रहेको छ ।

नेता बाँस्कोटाले आफ्नै सामान आफैलाई बेचेर नाफा निकाल्ने ब्यापार मेला हेर्न पाउॅंदा बडो रमाईलो हुने भो भन्दै सत्ता गठवन्धनको कडा आलोचना गरेका छन् ।

‘घ्यू बेचुवा र तलवार बेचुवाहरुले आज आयोजना गर्ने भनिएको मेलामा कस्ले कस्लाई झुक्याउन सफल भै मुनाफा कमाउला त ?’ उनले अघि भनेका छन् , ‘आफ्नै सामान आफैलाई बेचेर नाफा निकाल्ने ब्यापार मेला हेर्न पाउॅंदा बडो रमाईलो हुने भो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर