महामारीको बेलामा बलिउड अभिनेता ऋतिक रोशनले गरे यति ठुलो सहयोग — OSNepal

महामारीको बेलामा बलिउड अभिनेता ऋतिक रोशनले गरे यति ठुलो सहयोग

LC (KTM) June 04, 2021 0

भारतमा कोरोनाको महामारी फैलिरहेको छ । यसबेला धेरैको रोजगारी खोसीएको छ । कतिपयले राम्रो उपचार नपाएर अकालमै ज्यान गुमाईरहेका छन् । यहि बेला बलिउडका केही सेलिब्रेटीहरुले पनि मन खोलेर सहयोग गरिरहेका छन् ।

यसैक्रममा बलिउडका नायक ऋतिक रोशनले कोरोनाका कारण आर्थिक समस्यामा परेकालाई २० लाख रुपैयाँ सहयोग गरेका छन्। उनले बिशेष गरेर सिने र टिभी आर्टिस्टका लागि यो रकम सहयोग गरेका हुन् । सिने र टिभी आर्टिस्ट एसोसिएसन सिन्टाका सदस्यहरुको लागि उक्त रकम दिएका छन् ।

उनले एसोसिएसनलाई २० लाख रुपैयाँ दिनुका साथै राहतसमेत दिएका छन्। उनले यसअघि पनि सहयोग गरेका थिए । त्यस्तै बलिउडका हस्तिहरु अमिताभ बच्चन, सोनू सुद, सलमान खान, अजय देवगन, अक्षयकुमार, प्रियंका चोपडा लगायतले पनि सहयोग गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर