रेलिगेशन जोनको लेभान्तेसंग एट्लेटिको पराजित — OSNepal

रेलिगेशन जोनको लेभान्तेसंग एट्लेटिको पराजित

LC (KTM) February 17, 2022 0

काठमाडौं, ५ फागुन – स्पेनिस ला लिगाको महारथी क्लब एट्लेटिको मड्रिडले आफ्नो खराब लय कायम राख्दा रेलिगेशन जोनको लेभान्तेसंग १-० अंन्तरले पराजित भएको छ ।

बुधबार राती एट्लेटिको घरेलु मैदानमै पराजित हुन पुग्यो । भ्रमणकारी टोली लेभान्तेका गोन्जालो मारेलोले खेलको ५४औं मिनेटमा गरेको गोल निर्णायक बन्दा एट्लेटिकोले सिजनको सातौं हार बेहोरेको हो ।

हारसंगै २४ खेलबाट ३९ अंक जोडेको एट्लेटिको पाचौं स्थानमा छ । २४ खेलबाट १४ अंक बनाएको लेभान्ते पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर