बायर्न साल्जबर्गसंग रोकियो — OSNepal

बायर्न साल्जबर्गसंग रोकियो

LC (KTM) February 17, 2022 0

काठमाडौं, ५ फागुन -जर्मन क्लब बायर्न म्युनिख यूइएफए च्याम्पियन्स लिगको पहिलो लेगमा रेडबुल साल्जबर्गसंग १-१ गोलको बराबरीमा रोकिएको छ । अस्ट्रियाको साल्जबर्गस्थित रेडबुल एरिनामा बिहीवार बिहान भएको खेलमा भ्रमणकारी टोली बायर्न अंक बाढ्न बाध्य भयो । यद्यपि, अवे गोलको फाइदा भने उठायो ।

खेलको २१औं मिनेट घरेलु टोली साल्जबर्गका चुकवुबुइके एडामले गोल गर्दै अग्रता बनाए । तर किङ्स्ले कोमानले ९०औं मिनेटमा गोल गर्दै बायर्नको हारबाट उद्दार गरे ।

अब दोस्रो लेगका लागि बायर्नले साल्जबर्गलाई २२ मार्चमा आतिथ्य गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर