फिल्म युनिटका सदस्यलाई कोरोना देखिएपछि हलिउड अभिनेता टम क्रुजको फिल्म मिसन इम्पोसिबल ७ को शुटिंग स्थगित — OSNepal

फिल्म युनिटका सदस्यलाई कोरोना देखिएपछि हलिउड अभिनेता टम क्रुजको फिल्म मिसन इम्पोसिबल ७ को शुटिंग स्थगित

LC (KTM) June 04, 2021 0

हलिउड अभिनेता टम क्रुजको फिल्म ‘मिसन इम्पोसिबल ७ ’को सुटिङ फेरी रोकिएको छ । यस फिल्मको सुटिंग बारम्बार रोकिदै आएको छ । यसपाली भने १० दिनका लागि रोकिएको हो । फिल्म युनिटका सदस्यलाई कोरोना पोजेटिभ देखिएपछि लन्डन भइरहेको सुटिङ रोकिएको हो ।

टम क्रुज अभिनीत फिल्मको सातौं शृंखलाको सुटिङ केही दिनयता लन्डनमा भइरहेको थियो । निर्माण कम्पनी प्यारामाउन्टका प्रवक्ताले जुन १४ सम्मलाई सुटिङ स्थगित गरिएको जानकारी गराएका छन् ।

फिल्म निर्माण पक्षले भने नियमित स्वास्थ्य परिक्षणका लागि सुटिङ ब्रेक गरिएको दाबी गरेता पनि सुटिङ क्रुका सदस्यलाई कोरोना पोजेटिभ देखिएपछि फिल्म शुटिंगको काम रोकीएको हो । टम क्रुज अहिले आफै पनि आइसोलेसनमा बसेको दाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर