फाईभ जी को बिरोधमा उत्रिएकी अभिनेत्री जुहीलाई अदालतको निर्णयले पार्यो फसाँद , उल्टै २० लाख जरिवाना तिर्न आदेश — OSNepal

फाईभ जी को बिरोधमा उत्रिएकी अभिनेत्री जुहीलाई अदालतको निर्णयले पार्यो फसाँद , उल्टै २० लाख जरिवाना तिर्न आदेश

LC (KTM) June 04, 2021 0

बलिउड अभिनेत्री जूही चावलालाई अदालतले आपत पारेको छ । पछिल्लो केही समययता फाइभजी नेटवर्किङविरुद्ध दिल्ली उच्च अदालतमा उजुरी दिएर चर्चामा रहेकी जुहीलाई अदालतले सर्पाेट हैन उल्टै जरिवाना भर्न आदेश दिएको छ ।

जूहीको उजुरीलाई अदालतले आज खारेज गर्दै उनलाई २० लाख रुपैंयाँ जरिवाना तिर्न आदेश दिएको भारतीय संचारमाध्यमहरुले जनाएको छ । जूहीले अदालतमा फाइभजी नेटवर्क योजनाले मानिस, पशुपंक्षी र वातावरणलाई क्षति पुर्‍याउने खतरा रहेको दाबी गर्दै अदालतमा उजुरी दिएकी थिइन् ।

तर अदालतले भने उनको उजुरीलाई खारेज गरिदिएको छ । उल्टै उजुरीकर्ताले कानूनी प्रक्रियालाई गलत रुपमा प्रयोग गरेको भन्दै जरिवाना तिर्न आदेश दिएको हो ।अदालतले जूहीको उजुरीमा केही कुरामात्र सत्य रहे पनि बाँकी कुरा केवल अनुमान र आशंकाका कुरा रहेको जनाएको छ । अदालतको यो निर्णय संगै जुही आपतमा परेही हुन् । अब उनले अदालतको आदेश पालना गर्छिन गर्दिनन् हेर्न बाँकि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर