बलिउड अभिनेत्री यामी गौतमले सुटुक्क गरिन् बिबाह, दुलहा परे निर्देशक — OSNepal

बलिउड अभिनेत्री यामी गौतमले सुटुक्क गरिन् बिबाह, दुलहा परे निर्देशक

LC (KTM) June 04, 2021 0

कोरोनाको महामारीको यो बेलामा लिउड अभिनेत्री यामी गौतमले सट्याक सुटुक बिबाह गरेकी छिन् । यसअघि अफेयरमा रहेका निर्देशक आदित्य धार संग उनले छिटो मिठो तरिकाले बिबाह गरेकी हुन् ।

उनले बिबाहको जानकारी उनको इन्ष्टाग्राम मार्फत दिएकी छिन् । उनले आफूले आदित्य धरसँग ‘सात फेरा’ लिएको जानकारी गराएकी छिन् । चलचित्र उरीको शुटिंग ताका नै यी दुई बीच अफेयरको हल्ला चलेको थियो । तर उनीहरुले आफ्नो लभ अफेयरलाई लुकाएका थिए ।

आदित्य धरले निर्देशन गरेको ‘उरी’मा यामीले छोटो भूमिका निर्वाह गरेकी थिइन् । यामीले विक्की डोनर’बाट बलिउड फिल्ममा डेब्यू मारेकी थिईन् । उनले सनम रे’ ‘काबिल’ ‘एक्सन ज्याक्सन’ ‘बाला’ आदि फिल्म गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर