तेस्रो र चौथो लहर आए बालबालिका बढी मात्रामा सङ्क्रमित हुनसक्ने, २० प्रतिशत शय्या छुट्याउन स्वास्थ्य मन्त्रालयको आग्रह — OSNepal

तेस्रो र चौथो लहर आए बालबालिका बढी मात्रामा सङ्क्रमित हुनसक्ने, २० प्रतिशत शय्या छुट्याउन स्वास्थ्य मन्त्रालयको आग्रह

LC (KTM) June 04, 2021 0

काठमाडौँ, २१ जेठ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई आफ्नो शय्याको २० प्रतिशत कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारका लागि छुट्याउन आग्रह गरेको छ । मन्त्रालयका गुणस्तरमापन तथा अनुगमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले आज सूचना जारी गर्दै सरकारी, निजी, सामुदायिक र सहकारी अस्पताललाई २० प्रतिशत बालबालिकाका लागि कोभिड–१९ शय्या छुट्याउन आग्रह गर्नुभएको हो ।

“सङ्क्रमणको दोस्रो लहर जस्तै पुनः तेस्रो र चौथो लहर आउने सके र त्यसबेला बालबालिका बढी मात्रामा सङ्क्रमित हुनसक्ने भएकाले आफ्नो स्वीकृत शय्याको २० प्रतिशत कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नहुन अनुरोध छ”, सूचना भनिएको छ । उहाँले उपचारका लागि वैकल्पिक प्राणवायु (अक्जिसन) को पनि व्यवस्थापन गर्न अनुरोध गर्नुभएको छ ।

मन्त्रालयले कोभिड–१९ को प्रथम लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाउँदा सबैको अथक मेहनत र प्रयासले अवस्था काबुभित्रै रहनपुगेको समेत जनाएको छ । प्रथम लहर र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ र युवाहरु सङ्क्रमित भएको हुँदा व्यवस्थापनसम्बन्धी तयारी प्रौढ र युवालक्षित मात्र पुगकाले तेस्रो र चौथो लहरमा बालबालिका बढी प्रभावित बन्ने भएकाले शय्या र अक्सिजन व्यवस्थापन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर