काठमाडौं ४ फागुन । अमेरिकी परियोजना एमसीसीका विरुद्ध प्रदर्शनमा उत्रिएका १३७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ बानेश्वर स्थित संसद भवन आसपासबाट प्रहरीले १३७ प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डसहित विभिन्न प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । सरकारले तोेकेको निषेधित क्षेत्र प्रवेश गर्नखाजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा ९ जना प्रहरी कर्मचारी घाइते छन्। आज बस्ने संसद बैठकमा एमसीसी टेबुल हुने भएपछि त्यसको विरोधमा विरोधमा सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका कार्यकर्ता सडकमा उत्रिएका थिए ।
माइतीघरदेखि नारा जुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी विरोधी प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजिक नै रोकेपछि प्रदर्शनकारी निषेधिष क्षेत्र तोडेर संसद भवन अगाडी बढ्दा प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न अश्रग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो ।