फागुन ६ गते बस्ने संसद बैठकमा एमसीसी टेबुल हुन्छ, अब म ब्याक हुन्नँ : प्रधानमन्त्री देउवा — OSNepal

फागुन ६ गते बस्ने संसद बैठकमा एमसीसी टेबुल हुन्छ, अब म ब्याक हुन्नँ : प्रधानमन्त्री देउवा

LC (KTM) February 16, 2022 0

काठमाडौं ४ फागुन । प्रधानमन्त्री शेबहादुर देउवाले आउँदो संसद बैठकमा एमसीसी टेबुल हुने दावी गरेका छन् ।

गठवन्धनबाटै विरोध भएपछि आज बसेको संसद बैठमा एमसीसी टेबुल गर्नबाट व्याक भएका देउवाले फागुन ६ गते बस्ने संसद बैठकमा एमसीसी टेबलु हुने भन्दै अब व्याक नहुने समेत स्पष्ट पारेका छन् ।

गृहमन्त्री बालकृष्ण खाँणसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले सहमतिको लागि एक दिनको समय दिएको बताइएको हो ।

प्रधानमन्त्री देउवाले गृहमन्त्री खाँडसँग एमसीसी आजै टेबुल गर्ने कुरा थियो, तर सहमतिको लागि भोलि एक दिन छलफल हुन्छ, सहमति भएपनि वा नभएपनि अब बस्ने बैठकमा भने एमसीसी टेबुल हुने बताएका हुन् ।

‘अब म ब्याक हुन्नँ । यो विषयमा संसद्मा छलफल होस भन्ने म चाहन्छु’ । देउवाले भनेका छन् । आजै संसद पेश गर्ने भनिएपनि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा आज टेबल नगर्ने सहमति भएको हो ।

भोली एमसीसीको विषयमा सहमति गराउन भन्दै देउवाले सत्ता गठवन्धनको बैठक बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर