एमसीसी सम्झौताभित्र रहेका गम्भीर र राष्ट्रिय हित विपरीतका कुरा नसच्चिकन एमसीसी पास हुँदैन : झलनाथ खनाल — OSNepal

एमसीसी सम्झौताभित्र रहेका गम्भीर र राष्ट्रिय हित विपरीतका कुरा नसच्चिकन एमसीसी पास हुँदैन : झलनाथ खनाल

LC (KTM) February 16, 2022 0

काठमाडौं ४ फागुन । नेकपा एकिकृत समाजवादी पार्टी वरिष्ठ नेता झलनाथ खनालले दलहरुबिच सहमति नभई जबर्जस्ती संसदमा एमसीसी टेबल गर्न नहुने बताएका छन् । संसद बैठक पछि प्रतिक्रया दिँदै नेता खनालले सहमति नहुँदा नहुँदै एमसीसी सम्झौता जबर्जस्ती टेबुल गर्न नहुने प्रतिक्रिया दिएका हुन् ।

नमिलेका कुरामा जबर्जस्ती गर्न नहुने बताएका उनले भने, ‘कतिपय विषय वर्षौंवर्ष लगाएर सहमति हुन्छ, कतिपय विषय परिमार्जित हुन्छन्, परिस्कृत हुन्छ, बदलिन्छ अनिमात्रै सहमति हुन्छ’ ।

विना संशोधन एमसीसी पारित गर्नु राष्ट्रघात हुने बताएका उनले सम्झौताभित्र रहेका गम्भीर र गम्भीरतम राष्ट्रिय हित विपरीतका कुरा नसच्चिकन एमसीसी पास हुन नसक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर