काठमाडौं ४ फागुन । शोक प्रस्ताव पारित गरेर आजको संसद बैठक स्थगित भएको छ । बैठक सुरु भएसँगै एमालेले बैठक अवरोध गरेको थियो ।
अवरोधका बिच पनि बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा। दमन सिह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।
शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको जनाइएको छ ।