शोक प्रस्ताव पारित गर्दै ६ गतेसम्मका लागि संसद बैठक स्थगित — OSNepal

शोक प्रस्ताव पारित गर्दै ६ गतेसम्मका लागि संसद बैठक स्थगित

LC (KTM) February 16, 2022 0

काठमाडौं, ४ फागुन-प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।नयाँबानेश्वरस्थित संसद भवनमा बुधबार बसेको प्रतिनिधिसभा बैठकले जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा. दमन सिह थापाको निधनमा शोक प्रस्ताव पारित गरेको हो ।

शोक प्रस्ताव पारित गरेसँगै बैठक आउँदो शुक्रबार ६ गतेसम्मका लागि स्थगित गरिएको सभामुख सापकोटाले जानकारी दिए ।बुधबारको बैठकमा पनि एमालेका सांसदहरुले नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर