सहमति नजुटेको भन्दै सभामुखले भने -आजको संसद बैठकको कार्यसुचीमा एमसीसी अटेन — OSNepal

सहमति नजुटेको भन्दै सभामुखले भने -आजको संसद बैठकको कार्यसुचीमा एमसीसी अटेन

LC (KTM) February 16, 2022 0

काठमाडौं ४ फागुन । सभामुख अग्नि सापकोटाले आज केहि बेरमा बस्ने संसद बैठकको कार्यसुचीमा एमसीसी नसमेट्ने निणर्य गरेका छन् ।आज बसेको कार्य परामर्श समितिको बैठकमा समामुख सापकोटाले यस्तो निणर्य सुनाएका हुन् ।

कार्य परामर्श समितिको बैठकको बिचमा ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबिच बालुवाटारमा भएको छलफलमा संसदमा एमसीसी टेबल नगर्ने सहमति भएको थियो ।

बैठकमा माओावादी र एकिकृत समाजवादी पार्टीले एमसीसीका प्रावधान संशोधन बिना पेश गर्न नमिल्ने भनेपछि सभामुख सापकोटाले सहमति नजुटेको भन्दै आज बस्ने संसद बैठकमा एमसीसी टेबल नहुने बताएका हुन् ।

साथै, उक्त बैठकमा एमाले र जनता समाजवादी पार्टी सहभागी भएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर