ईटहरीमा गाउँमै पुगेर स्वाब संकलन , पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरुलाई आवश्यक औषधी वितरण — OSNepal

ईटहरीमा गाउँमै पुगेर स्वाब संकलन , पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरुलाई आवश्यक औषधी वितरण

LC (KTM) June 04, 2021 0

इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तिमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । गाँउ वस्तिका जनताको सहजताका लागि टोलमै पुगेर घर घर वाट वोलाउदै निशुल्क एन्टिजेन परीक्षण जारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले सम्म वडा नम्वर २,३,४,१२,१४ र १९ नम्वरका समुदायमै पुगेर परीक्षण गरिएको छ । एउटै टोलमा धेरै जना विरामी भएको जानकारी पाँउना साथ उपमहानगरको स्वास्थ्य टोली समूदायमै पुगेर परीक्षण गर्ने गरेको हो । परीक्षण सँगै पोजेटिभ रिर्पोट आएका ब्यक्तिहरुलाई औषधी समेत वितरण गरिन्छ ।

कुनै समस्या देखा परेमा स्वास्थ्यकर्मी चिकित्सकको हटलाइन नम्वर दिएर फोन गर्न आग्रह गरिन्छ । समूदायमा कोरोना संक्रमण फैलन नदिन र लागिहाले होम आइसोलेसनमा वस्दा अपनाउनु पर्ने सावधानीका वारेमा पनि जानकारी दिने गरिएको छ । यसैगरि इटहरी रंगशालामा उपमहानगरले विहान ८ वजेदेखि १० वजे सम्म निशूल्क पिसिआर परीक्षण जारी राखेको छ ।

दिनमा सय वढिको स्वाव संकलन गरेर परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिने गरेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्यूनतम शूल्क उपमहानगरले उपलब्ध गराएर उपमहानरवासीका लागि निशूल्क परीक्षण गरिरहेको हो । अहिले परीक्षण गरेकै दिन पनि रिर्पोट आउने गरेको छ  ।

प्रदेश ल्यावमा पनि परीक्षणको दायरा वढाउनका लागि प्रदेश सरकार सँग उपमहानगरले अनुरोध गरेको उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले जानकारी दिनुभयो । इटहरी उपमहानगर स्वास्थ्य शाखाले संक्रमितहरुलाई फोन गरेर उहाँहरुको स्वास्थ्य अवस्था वुझने र सल्लाह दिने गर्दै आएको छ । इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतम स्वास्थ्यकर्मीको टोली सहित संक्रमितहरुको घर घरमै समेत पुग्ने गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर