सत्तागठवन्धन दलहरुले सरकार नै छाड्ने चेतावनी दिएपछि पार्टीको निणर्य लत्याउँदै व्याक भए देउवा, संसदमा एमसीसी टेबल नहुने — OSNepal

सत्तागठवन्धन दलहरुले सरकार नै छाड्ने चेतावनी दिएपछि पार्टीको निणर्य लत्याउँदै व्याक भए देउवा, संसदमा एमसीसी टेबल नहुने

LC (KTM) February 16, 2022 0

काठमार्डाैं ४ फागुन । गठवन्धनबाट समर्थन नपाएपछि अन्तत: प्रधानमन्त्री शेरबहादुर देउवाले आज बस्ने संसद बैठमा एमसीसी टेबल नहुने जानकारी गराएका छन् ।

संसदमा एमसीसी टेबल भए सरकारबाट हट्ने भन्दै नेकपा माओवादीले चेतावनी दिएपछि पार्टीका सभापति समेत रहेका देउवा व्याक भएका हुन् ।

आज बालुवाटारमा प्रचण्ड र देउवाबिच भएको छलफल एमसीसी संसद टेबल नगर्ने सहमति भएको हो । देउवाले प्रचण्डसँगको भेट लगत्तै भोली बिहिबारका लागि सत्तागठवन्धन दलहरुको बैठक बोलाएका छन् ।

बैठक भोली तिन बजे बस्ने समेत सहमति भएको छ हिजो बसेको कांग्रेसको संसदीय दलको बैठकले आज बस्ने संसद बैटकमा एमसीसी टेबल गर्ने निणर्य गरेको थियो । तथापी, गठवन्धनको चेतावनी पछि पार्टीको निणर्यलाई अवज्ञा गर्दै देउवा व्याक भएका हुन् ।

भोली बस्ने सत्तागठवन्धनको बैठकमा दलहरुबिच सहमति जुटाएपछि मात्र संसदमा एमसीसी लैजाने प्रचण्ड देउवाचिब निणर्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर