आजको संसद बैठकमा एमसीसी टेबल नहुने — OSNepal

आजको संसद बैठकमा एमसीसी टेबल नहुने

LC (KTM) February 16, 2022 0

काडमाडौं ४ फागुन । आज दिउँसो बस्ने संसद बैठकमा एमसीसी टेबल नहुने भएको छ ।

संसदीय दलको बैठक पनि बालुवाटार पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबिच भएको छलफलमा आज बस्ने संसद बैठकमा एमसीसी टेबल नहुने भएको हो ।

संसदको कार्यसुचीमा एमसीसी समेट्न भन्दै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठक नसकिँदै यस्तो निणर्य बहिरिएको हो ।

एमसीसी संसदमा टेबल भए विपक्षमा मत हाली सरकारबाट बाहिरिने चेतावनी दिएको माओवादी अन्तत देउवाको निणर्यलाई विफल बनाएको छ ।

साथै देउवा र प्रचण्डबिच भोली दिउँसो ३ बजे गठबन्धनका शिर्ष नेताहरुको बैठक बस्ने समेत सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर