आज बस्ने संसद बैठकको कार्यसुचीमा एमसीसी समेट्न कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले अनुपस्थित — OSNepal

आज बस्ने संसद बैठकको कार्यसुचीमा एमसीसी समेट्न कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले अनुपस्थित

LC (KTM) February 16, 2022 0

काठमाडौं ४ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा सुरु भएको हो ।

आज बस्ने संसद बैठकको कार्यसुचीमा एमसीसी समेट्न कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको हो ।

बैठकमा प्रतिपक्ष दल नेकपा एमाले र एमसीसीको पक्षमा दुई धारमा देखा परेको जनता समाजवादी पार्टीले पनि आफ्नो सहभागिता जनाएको छैन ।

संसद बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । एमसीसी पारित गर्नमा नेपाली कांग्रेस एक्लै भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर