संसदमा एमसीसी पेस हुने भएपछि नयाँ बानेश्वरमा बढाइयो सुरक्षाकर्मी, हेर्नुहोस् यी तस्विरहरु — OSNepal

संसदमा एमसीसी पेस हुने भएपछि नयाँ बानेश्वरमा बढाइयो सुरक्षाकर्मी, हेर्नुहोस् यी तस्विरहरु

LC (KTM) February 16, 2022 0

काठमाडौं, ४ फागुन – प्रतिनिधिसभाको बुधबार बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गरिने भएको छ ।

साढे दुई वर्षअघि तत्कालीन केपी ओली सरकारले दर्ता गरेको प्रस्ताव बुधबार बैठकमा पेस गर्न लागिएको हो ।

सो प्रस्ताव पेस गरिने भएसँगै नयाँ बानेश्वर क्षेत्रमा बाक्लो रूपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सरकारमा सहभागी दल माओवादी केन्द्रसहित विभिन्न संघसंगठनले विरोध जनाइरहेका बेला सरकारले प्रस्ताव पेस गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर