काँग्रेसलाई पेचिलो बन्दै एमसिसी मुद्धा, प्रतिनिधिसभा बैठकमा उपस्थित हुन कांग्रेसको ह्वीप — OSNepal

काँग्रेसलाई पेचिलो बन्दै एमसिसी मुद्धा, प्रतिनिधिसभा बैठकमा उपस्थित हुन कांग्रेसको ह्वीप

LC (KTM) February 16, 2022 0

काठमाडौं, ४ फागुन – नेपाली कांग्रेसले बुधबार बस्न लागेको प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेस गरिने भएपछि सरकार नेतृत्वकर्ता दल कांग्रेसले आफ्ना सांसदमा ह्वीप जारी गरेको हो ।

‘आजको संसद बैठकमा उपस्थित हुन पार्टीले ह्वीप जारी गरेको छ,’ कांग्रेस सांसद देवी तिमल्सिनाले न्युज कारखानासँग भने ।

कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने निर्णय गरिसकेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी अनुमोदन गर्नुपर्ने र यसमा लागि सबै राजनीतिक दल सहभागी हुन पनि आग्रह गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर