सिन्धुपाल्चोकमा जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थपियो, बाहिरबाट आउने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने — OSNepal

सिन्धुपाल्चोकमा जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थपियो, बाहिरबाट आउने अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने

LC (KTM) June 04, 2021 0

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । केन्द्रले जिल्ला बाहिरबाट आउने सर्वसाधारणलाई अनिवार्य क्वारेन्टिनमा बस्न पनि निर्देशन दिएको छ ।जिल्लाका १२ वटै स्थानीय तहमा सङ्क्रमितको सङ्ख्या बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा बढाएको हो ।

यस अवधिमा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान सञ्चालन गर्न पाइने छ । जिल्लामा कोरोनाको सङ्क्रमण फैलिरहेको र समुदायस्तरमा फैलिनबाट जोगाउनका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो । सो आदेशको पालना गर्न सम्पूर्ण व्यक्ति, सङ्घसंस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको महत्वपूर्ण भूमिका हुने भन्दै आदेशको उल्लङ्घन गरेमा प्रचलित कानूनअनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट जारी आदेशमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर