निषेधाज्ञाको एक महिनामा २०० हिं साका घटना, ४५ प्रतिशत घटना घरभित्रै — OSNepal

निषेधाज्ञाको एक महिनामा २०० हिं साका घटना, ४५ प्रतिशत घटना घरभित्रै

LC (KTM) June 04, 2021 0

काठमाडौँ, २१ जेठ – कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाको एक महिना अवधिमा २०० महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिं साका घटना भएको तथ्य अभिलेखीकरण गरिएको छ ।महिला पुनस्र्थापना केन्द्र (ओरेक)द्वारा सञ्चालित दुई हटलाइन, २३ मनोविमर्शकर्ता, महिला मानव अधिकार रक्षक, साझेदार महिला सामुदायिक सङ्घसंस्था सञ्चारमाध्यमबाट उक्त घटनाहरु अभिलेखीकरण गरिएका हुन् । सङ्कलित घटनामध्ये सबैभन्दा बढी ४५ प्रतिशत अर्थात ९० महिला आफ्नै श्रीमान् र परिवारका सदस्यबाट हिंसा भोग्न बाध्य भएको तथ्याङ्कले देखाउँछ ।

घरेलु हिं साका घटनामध्ये दाइजो नल्याएको वा कम ल्याएको र छोरी छोरी जन्माएको निहुँमा, विवाह भएको लामो समयसम्म बच्चा नजन्मिएकोमा सबै दोष महिलालाई नै लगाइएको, चारित्रिक आरोप लगाइएको, गालीगलौज तथा अपशब्द प्रयोग गरिएको, शारीरिक तथा मानसिक यात ना दिइएकोलगायतका छन् ।

यसबाहेक महिला तथा बालिकाहरुलाई खान लाउन नदिई घरनिकाला गरी बेवास्ता गरिएको, बच्चाको जन्मदर्ता, विवाह दर्ता, नागरिकता नबनाइदिएको र स्वास्थ्य सुविधा जस्ता आवश्यक स्रोत सुविधाबाट वञ्चित गरी हिं सा गरिएको पाइएको छ । उक्त तथ्याङ्कअनुसार घरेलु हिंसाका घटनामा ७६ प्रतिशत (६८ जना) श्रीमान र २४ प्रतिशत (२२ जना) परिवारका सदस्य संलग्न रहेको देखिन्छ ।

घरेलु हिं साका घटनाबाहेक यस अवधिमा ४५ बला त्कार, १५ सामाजिक हिं सा, १४ ह त्या, पाँच ह त्या प्रयास, छ यौन दुव्र्य वहार, चार आ त्म ह त्या, दुई मानव बेचबिखन, दुई बला त्कारको प्रयास र १७ अन्य प्रकृतिका हिं साका घटना सङ्कलन भएका छन् । अन्य प्रकिृतिका घटनामध्ये पारिवारिक स्रोतका अनुसार लैङ्गिक हिं साका कारणले दुई जनाले आत्महत्या प्रयास गरेका र १५ जनालाई अलपत्र पारिएका घटना रहेको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले जानकारी दिनुभयो । यस विषम परिस्थितिमा तीनै तहका सरकारले न्यून आय भएका जनतालाई राहतको व्यवस्था गर्नुपर्ने, हिं सापीडितका लागि सुरक्षाको प्रत्याभूति र उजुरीको सहज व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर