सुशांत सिंह राजपुतको जिन्दगीमा आधारीत फिल्म बनाउन कसैलाई अनुमति नदिएको दिदी मीतुको खुलासा, भाईको नाममा पैसा उठाईरहेका लाई दिईन् यस्तो चेतावनी — OSNepal

सुशांत सिंह राजपुतको जिन्दगीमा आधारीत फिल्म बनाउन कसैलाई अनुमति नदिएको दिदी मीतुको खुलासा, भाईको नाममा पैसा उठाईरहेका लाई दिईन् यस्तो चेतावनी

LC (KTM) June 04, 2021 0

सुशांत सिंह राजपुतको मृ त्यु भएको एक बर्ष पुरा हुन लाग्यो । उनका आम दर्शकलाई यो कुरा अझै पनि पत्याउन मुस्किल भईरहेको छ । सुशांतको निधन पछि केही संस्थाले उनको नाममा फण्ड कलेक्सनको सुरुवात गरेका छन् ।

तर सुशांतको परिवारले भने कुनै संस्थालाई पनि सर्पाेट गरेको छैन । परिवारले सबैलाई यस्तो नगर्न अपिल गरेको छ । सुशांतको ठुलो दिदी मीतु सिंहले सामाजिक सञ्जालको सहारा लिदै धेरै जनालाई भाईको नाममा पैसा उठाउने काम भईरहेको बताएकी छिन् ।

उनको निधनको अनुषन्धान अझै पनि चलिरहेको छ । यसबेला दिदी मीतुले ट्विटरमा त्यस्ता ब्यक्तिहरुलाई चेतावनी दिएकी छिन् जस्ले सुशांतको नाममा ठगी गरिरहेका छन् ।

आफ्नो परिवारले यसरी पैसा उठाउन भनेर कसैलाई पनि जिम्मेवारी नदिएको उनले प्रष्ट पारेकी छिन् । साथै उनले सुशांतके जिन्दगीमा आधारीत फिल्म समेत बनाउन अनुमति नदिएको खुलासा गरेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर