मर्न परेपनि एमसीसी पारित हुन दिँदैनौं, यो निहित स्वार्थमा विदेशी मतियारहरु संकृय भएर देशलाई रणमैदान बनाउने खेल हो : राष्ट्रिय जनमोर्चा — OSNepal

मर्न परेपनि एमसीसी पारित हुन दिँदैनौं, यो निहित स्वार्थमा विदेशी मतियारहरु संकृय भएर देशलाई रणमैदान बनाउने खेल हो : राष्ट्रिय जनमोर्चा

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ फागुन । राष्ट्रिय जनमोर्चाले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा देश भर प्रर्दशन गर्ने भएको छ ।

भोली बुधबार बस्ने संसद बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसले एमसीसी अनुमोदन गर्ने निणर्य गरेपछि गवठन्धन दलको राष्ट्रिय जनमोर्चाले विरोध गर्ने जनाएको हो ।

दलको आन्नद शर्माले एमसीसी नेपालको विकासका लागि नभएर अनुदानको नाममा साम्राज्यवादी शक्ति अमेरिकाको षडयन्त्र भएको बताएका छन् ।

एमसीसी परियोजन देश र राष्ट्रको हितका नभई चिन कव्जा गर्ने र देशलाई समाज्यवादीहरुको क्रिडा स्थल बनाउने परियोजना भएको दलका अर्का नेता लालबहादुर थापाले आरोप लगाएका छन् ।

आफ्नो व्यक्तिगत फाईदाका लागि निहित स्वार्थमा विदेशी मतियारहरु संकृय भएर देशलाई रणमैदान बनाउन लागी यो परियोजना ल्याइएको उनले दावी गरेका छन् । ”कुनै पनि हालतमा मर्न परेपनि एमसीसी पास हुन दिने छैनौं ।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर