एमसीसीको विरोधमा भोली नेपाल बन्द — OSNepal

एमसीसीको विरोधमा भोली नेपाल बन्द

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ फागुन । बुधबार बस्ने संसद बैठकमा एमसीसी अनुमोदन गर्ने कांग्रेसको निणर्यको विरोध गर्दै भोली विप्लव सहित अन्य दलहरुले नेपाल बन्दको घोषणा गरेका छन् ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले एमसीसीको विरोधमा नेपाल बन्दको घोषणा गरेका हुन् ।

सत्तारुढ दल नेपाली कांग्रेसको आज बसेको संसदीय दलको बैठकले भोली बस्ने संसद बैठकमा एमसीसी अनुमोदन गर्ने निणर्य गरेको थियो ।

यसको विरोध चौतर्फी हुन थालेको छ र कांग्रेसले एमसीसीलाई राष्ट्रहितको रुपमा व्याख्या गरिरहँदा अन्य दलहरुले भने राष्ट्रघाती भएको भन्दै विरोध जनाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर