गठवन्धनको समर्थनमा सरकारमा पुगेको कांग्रेसले गठवन्धन दललाई चटायो धुलो, संसदमा एमसीसी अनुमोदन गर्दै — OSNepal

गठवन्धनको समर्थनमा सरकारमा पुगेको कांग्रेसले गठवन्धन दललाई चटायो धुलो, संसदमा एमसीसी अनुमोदन गर्दै

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसले बुधबार बस्ने संसद बैठकमा अमेरिकी परियोजना एमसीसी अनुमोदन गर्ने निणर्य गरेपछि सत्तागठवन्धन दल नेकपा माओवादी दवावमा परेको छ ।

आज बसेको कांग्रेसको संसदीय दलको बैठकमा एमसीसी संसदमा अनुमोदन गर्न लैजाने कांग्रेसको निर्णउले राजनीतिमा नयाँ तरंग नै ल्याएको छ । यथास्थितिमा एमसीसी पारित गरिँदैन भन्दै आएको माओवादीले भोलीको संसद बैठकमा एमसीसीको पक्ष या विपक्षमा के उभिन्छ यो चर्चाको विषयमा बनेको छ ।

पार्टीका सभापति समेत रहेका शेरबहादुर देउवाले संसद एमसीसी अनुमोदन गर्न सभामुख अग्निप्रसाद सापकोटालाई संसद बैठक सुचारु गर्न कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाउन आग्रह गरेका छन् ।

सो आग्रहसँगै सापकोटाले भोली बुधरबार बिहान ११ बजे कार्यब्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । यस विषयमा माओवादी यति बेला अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आन्तरिक छलफलमा जुटेको बताइएको छ ।

गठवन्धनको समर्थनमा सरकारमा पुगेको कांग्रेसले यति बेला अन्य दलहरुलाई धुलो चटाउँदै एमसीसीलाई संसदमा अनुमोदन गराउने निणर्य गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर