के आरके लाई कुकुरको नाम दिदै र्यापर मिक्काले बनाए यस्तो खतरा र्याप गित, मिक्काको डरले फिल्म समिक्षक केआरके ले रातारात घरै बेचे — OSNepal

के आरके लाई कुकुरको नाम दिदै र्यापर मिक्काले बनाए यस्तो खतरा र्याप गित, मिक्काको डरले फिल्म समिक्षक केआरके ले रातारात घरै बेचे

LC (KTM) June 04, 2021 0

सलमान खानको फिल्म राधे नराम्रो भनेर आलोचना गरेका फिल्म समिक्षक केआरके र मिक्का सिं बिचको वाकयुद्ध गितमा परिणत भएको छ ।

केही समय अगाडि मिक्का सिं लाई तल्लो स्तरको गाली दिएका के आरके लाई कुत्ताको संज्ञा दिदै उनले खतरा र्याप गित सिर्जना गरेका छन् । मिक्काले शेयर गरेको यो भिडियोले अहिले सामाजिक सञ्जाल खुब तातिएको छ ।

कमाल आर खान केआरकेको नाममा उक्त गित मिक्काले बनाएका हुन् । गितको टाईटल बार्किङ डग भनेर बनाएका छन् । यो गितको रेर्कडिङको कामलाई लिएर उनी आफ्नो स्टुडियो पुगेका थिए ।

त्यहि स्टुडियोको छेउमा केआरकेको घर पनि थियो जस्लाई कथित कारण केआरकेले बेची दिएका छन् । मिक्का सिं त्यहि घरको अगाडि उभिएर केआरके संग आफ्नो लडाई नरहेको बताएका छन् ।

उनले केआरके आफ्नो बच्चा नै भएको प्रतिक्रिया दिएका छन् । उनले केआरके लाई अनुरोध गरेका छन् कि अब आफ्नो कारण अर्काे घर पनि नबेच ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर