माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक — OSNepal

माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक

LC (KTM) February 15, 2022 0

काठमाडौं, ३ फागुन – सत्तारुढ दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।

माओवादी केन्द्रले सिंहदबारस्थिल दलको कार्यालयमा बुधबार बिहान १० बजे बस्ने गरी संसदीय दलको बैठक बोलाएको सो पार्टीका सांसद अमनलाल मोदीले न्युज कारखखानालाई जानकारी दिए ।

बुधबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । यसअघि माओवादी संसदीय दलको बैठक बस्न लागेको हो ।

बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले एमसीसी टेबुल गर्ने तयारी गरेपछि कसरी बैठकमा प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न माओवादीले बैठक बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर