संसदमा एमसीसीको पक्षमा नेकपा एमाले उभिन्छ : गगन थापा — OSNepal

संसदमा एमसीसीको पक्षमा नेकपा एमाले उभिन्छ : गगन थापा

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एमसीसीको पक्षमा उभिने दावी गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकार भएको समयमा एमसीसी संसदमा दर्ता भएको बताएका उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘ओली सरकारले एमसीसी २०७६ साल असारको ३० गते अनुमोदनको लागि संसदमा दर्ता गरको थियो ।’ त्यति बेला देखिनै आफ्नो पार्टीले संसदमा छलफल गरी एमसीसी अनुमोदन गनुपर्छ भनेको बताएका छन् ।

उनले भनेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टीको तत्कालीन मन्त्रिपरिषद्मा रहेको सम्पूर्ण त्यो बेलाका जतिपनि माननीयज्यूहरु हुनुहुन्थ्यो अहिले फरक पार्टीमा हुनुहुन्छ । उहाँहरुको संयुक्त सरकारले त्यो बेलामा मन्त्रिपरिषद्बाट पारित गरेर संसदमा दर्ता गराएको विधेयक संसदमा अनुमोदनका लागि प्रस्तुत हुँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी(एमाले) पनि यसको पक्षमा उभिन्छ । साथै एकीकृत समाजवादी र माओवादी केन्द्र पनि पक्षमा नै उभिन्छ उनले बताएका छन् ‘।

यसको नाफा घाटा जे सुकै भएपनि कांग्रेसले आफ्नो कर्तव्य पुरा गर्छ भन्दै उनले भनेका छन्, यसको तत्कालीन नाफा घाटा के हुन्छ, भन्ने कुरालाई काँग्रेसले पनि त्योप्रति चिन्तित भएर आफ्नो कर्तव्यबाट च्युत भयो भने यो सन्दर्भमा नेपाली काँग्रेसको आफ्नो छुट्टै परिचय रहँदैन ।

आफुले प्रधानमन्त्री तथा आफ्नो पार्टीका सभापति शेरबहादुर देउवालाई एमसीसी संसदबाट पारित हुनुपर्छ भनिसकेको भन्दै उनले यसबाट कुने दलहरु पनि भाग्न नमिल्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर