उद्योगपती एवं कांग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीमाथि सर्वोच्चमा रिट दायर — OSNepal

उद्योगपती एवं कांग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीमाथि सर्वोच्चमा रिट दायर

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ फागुन । उद्योगपती एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीको केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायरअ भएको छ ।

क्रियाशील सदस्य भएको १० वर्ष नपुगेको व्यक्तिलाई केन्द्रिय सदस्य बनाउने नपाउने विधान उल्लेख गरिएको भन्दै कांग्रेसका नेता डा सुभासचन्द्र यादवले चौधरीको केन्द्रिय सदस्य पद खारेजको माग गर्दै आज मंगलबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

यस अघि यस विषयमा नेता यादवले कांग्रेसको केन्द्रीय समितिमा समेत उजुरी दिउपनि उक्त उजुरी खोरज गरिएको थियो । पार्टीको विधान विपरित चौधरीलाई केन्द्रिय सदस्य बनाइएको उनले जिकिर गरेका छन् ।

१४औं महाधिवेशनमा चौधरी मधेशी कोटाबाट केन्द्रिय सदस्यमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर