कोरोनाको तेस्रो र चौथो लहरको खतरा बालबालिकाका पर्ने भएकाले २० प्रतिशत बेड तयार गर्न आग्रह :स्वास्थ्य मन्त्रालय — OSNepal

कोरोनाको तेस्रो र चौथो लहरको खतरा बालबालिकाका पर्ने भएकाले २० प्रतिशत बेड तयार गर्न आग्रह :स्वास्थ्य मन्त्रालय

LC (KTM) June 04, 2021 0

काठमाडौँ २१ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको तेस्रो र चौथो लहरको खतरा रहेको बताएको छ । अब आउने तेस्रो र चौथो लहरले बालबालिकामा समस्या ल्याउने भन्दै बालबालिकाको लागि भन्दै २० प्रतिशत बेड तयारी गर्न आग्रह गरेको छ । मन्त्रालयका महाशाखा प्रमुख डा मदन कुमार उपाध्यायले आज शुकबार पत्रचार मार्फत सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई २० प्रतिशत बेड तयारी अवस्थामा राख्न अनुरोध गरेको हो ।

पत्राचारमा भनिएको छ, ‘दोस्रो लहजस्तै स् तेस्रो र चौँथो लहर आउन सक्ने र त्यसबेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्विकृति शैय्याको कम्तिमा २० प्रतिशत कोभिड संक्रमित बालबालिकाको उपचारका लागि प्रयोग हुनेगरी तयारी अवस्थामा राख्नुहुन अनुरोध छ ।’

साथै, वैकल्पिक प्राणवायू (अक्सिजन) को व्यवस्थापनसमेत गर्न मन्त्रालयको अनुरोध रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर