संसदमा एमसीसी पारित हुनुपर्छ : महामन्त्री थापा — OSNepal

संसदमा एमसीसी पारित हुनुपर्छ : महामन्त्री थापा

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी पारित हुनु पर्ने बताएका छन् । आज मंगलबार बसेको संसदीय दलको बैठकपछि महामन्त्री थापाले पत्रकारहरुसँग कुरागर्दै एमसीसी पारित गरिनुपर्ने बताएका छन् । यस विषयमा सबै दलहरु समेत सहमति हुनुपर्ने बताएका छन् ।

‘एमसीसी भोलि पेश हुन्छ भन्ने कुरामा प्रधानमन्त्रीले यो विषयमा मैले सभामुखसँग कुरा गरेको छु भन्नुभएको छ, सभामुखसँगको परामर्शपछि एमसीसी टेबुल हुन्छ भन्ने कुरामा उहाँले हामीलाई विश्वास दिलाउनुभयो ।’

उनले अघि भनेका छन् , ‘केपी ओली सरकारले २०७६ असारमा एमसीसी संसद्मा दर्ता गराएको हो, तत्कालिन मन्त्रिपरिषद्मा अहिलेको एकीकृत समाजवादीका साथीहरु पनि त्यहीँ हुनुहुन्थ्यो, माओवादीका साथीहरु पनि त्यहीँ हुनुहुन्थ्यो, सबै साथीहरु त्यहीँ हुनुहुन्थ्यो, त्यसैले अहिले यो दर्ता गराएको कुरा नयाँ होईन, त्यही नै अनुमोदन गराउनुपर्छ भन्ने हो ।’

यस विषयमा राजनैतिक दलहरु समेत भाग्न नहुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर