संसद बैठकमा एमसीसी टेबुल हुने भएपछि संसद बैठक सुचारु गर्न भन्दै प्रधानमन्त्री देउवाको फोन सभामुख सापकोटालाई — OSNepal

संसद बैठकमा एमसीसी टेबुल हुने भएपछि संसद बैठक सुचारु गर्न भन्दै प्रधानमन्त्री देउवाको फोन सभामुख सापकोटालाई

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ फागनु । प्रधानमन्त्री शेरबहादुर देउवाले भोली बस्ने संसद बैठक सुचारु गर्नको लागि सभामुख अग्निप्रसाद सापकोटालाई टेलिनफोन गरेका छन् ।

मंगलबार बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा अमेरिकी परियोजना एमसीसी भोली बुधबार बस्ने संसद बैठकमा टेबुल गर्ने सहमति भएपछि पार्टी सभापति समेत रहेका देउवाले सभामुख सापकोटालाई फोनमा मार्फत संसद बैठक सुचार गर्न आग्रह गरेका हुन् ।

नयाँबानेश्वरस्थित संसद भवनमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा अधिकांश सांसहदरुले एमसीसीको पक्षमा आवाज उठाएपछि भोली बस्ने संसद बैठकमा एमसीसी टेबुल गरिने भएको हो ।

बैठकमा सहभागी नेता शशांक कोइरालाले भोली बस्ने संसद बैठकमा एमसीसी प्रस्ताव टेबुल हुन सक्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर