काठमाडौं ३ फागुन राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले एससीसीको विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ ।
आज मंगलबार दिउँसो ३ बजे पार्टीको केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्ने पदाधिकारी बैठकमा महाभियोगको विषयमा समेत छलफल हुने बताइएको छ ।
आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरामाथि सत्तागठवन्धनले महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।
साथै, बैठकमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको विषयमा समेत छलफल हुने भएको छ ।