भोली बस्ने संसद बैठकमा एमसीसीको प्रस्ताव टेबुल गरिने, प्रचण्ड - नेपाल पनि सहमतिको नजिक — OSNepal

भोली बस्ने संसद बैठकमा एमसीसीको प्रस्ताव टेबुल गरिने, प्रचण्ड – नेपाल पनि सहमतिको नजिक

LC (KTM) February 15, 2022 0

काठमाडौं ३ फागुन । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कप्म्याक्ट (एमसीसी) भोलि बुधबार संसदमा टेबल गर्न प्रस्ताव गरिएको जानकारी दिएका छन् ।

आज बसेको संलदीय दलको बैठकमा मन्त्री बडुले यस विषयमा छलफल भएको भन्दै एमसीसी संसदमा टेबुल गर्ने बताएका हुन् ।

उनले दिएको जानकारी अनुसार एमसीसीको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि लगभग सहमतिमा पुगेको बताइएको छ ।

बैठकपछि सञ्चार माध्यमहरुसँग कुरा गर्दै मन्त्री बढुले भने ‘प्रचण्डजी र माधवजीहरु हाउसमा पुर्‍याउन सहमत छन्, तर के जोड्न छाड्दैनन् भने सबैको सहमति भए पुर्‍याएन पाए राम्रो, छलफल हुने वातावरण बन्नुपर्‍यो पनि भन्छन् ।’

संसदमा लान प्रचण्ड नेपाल सहमत भए पनि एमालेको प्रमुख हात रहेको उनले बताएका छन् । विगत केहि महिना देखि एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

आफ्नो माग पुरा नभएर विरोध जारी रहने पनि एमालेले भन्दै आएको छ । भोली बुधबार बस्ने संसद बैठकमा एमसीसीको विषयमा छलफल हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर