आज ६६५३ जनामा कोरोना संक्रमण पुष्टि, ८ हजार ६६३ ले जिते कोरोनालाई — OSNepal

आज ६६५३ जनामा कोरोना संक्रमण पुष्टि, ८ हजार ६६३ ले जिते कोरोनालाई

LC (KTM) June 04, 2021 0

काठमाडौं, जेठ २१ नेपालमा शुक्रबार थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार २० हजार ८ सय १३ परीक्षण मध्ये १४ हजार १८२ जनाको पिसिआर परीक्षणबाट ४६२४ जना र ६६३१ एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज ८ हजार ६६३ जना संक्रमित निको भएका छन्।यो सँगै निको हुनेको संख्या ४७६१३० पुगेको छ । त्यस्तै आज १०१ जना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७७३१ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर