काठमाडौं ३ फागुन । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । बैठक संघीय संसद् भवनको ल्होत्से हलमा सूरु भएको हो ।
बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र एमसीसीका विषयमा छलफल हुने बताइएको छ । आइतबार ९८ जना सांसदहरुले जवरा विरुद्ध महाअभियोग प्रस्तावमा हस्ताक्षर गरी संसद सचिवालयमा दर्ता गरेका थिए ।
महाभियोग पत्र दर्ता गर्ने सांसदहरुमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका गरी ९८ जना सांसद रहेका थिए ।
साथै आजको वैठकमा प्रधानमन्त्री समेत रहेका पार्टीका सभापति शेरबहादुर देउवाले सांसदहरुलाई आगामी रणनितिको विषयमा समेत जानकारी गराउने बताइएको छ ।