काठमाडौँमा भेटिए ८९७ संक्रमित — OSNepal

काठमाडौँमा भेटिए ८९७ संक्रमित

LC (KTM) June 04, 2021 0

काठमाडौँ-पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १३ सय ८४ जना संक्रमित थपिएका छन् । देशभर थप ६ हजार ६५३ जनामा कोरोना पुष्टि हुँदा काठमाडौँमा ८९७, भक्तपुरमा १८८ र ललितपुरमा २९९ जना थपिएका हुन् । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । यही अवधिमा थप ८ हजार ६६३ जना निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना निको भएका छन् । त्यस्तै कोभिड–१९ को संक्रमणबाट थप १०१ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा ७ हजार ७३१ जनको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर