सरकारमा जान आफ्नो पार्टीलाई धोका दियो जसपाको ठाकुर पक्षले ,आज ८ मन्त्रीसहित २ राज्यमन्त्रीले सपथ लिँदै — OSNepal

सरकारमा जान आफ्नो पार्टीलाई धोका दियो जसपाको ठाकुर पक्षले ,आज ८ मन्त्रीसहित २ राज्यमन्त्रीले सपथ लिँदै

LC (KTM) June 04, 2021 0

काठमाडौँ २१ जेठ । सरकारमा जान आतुर जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष अन्तत सरकारमा गएको छ । आज साँझ ६ बजे आठ मन्त्रीसहित २ जना राज्यमन्त्रीले सपथ लिने भएका छन् ।

जसपाका स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतो नेतृत्वमा सरकारमा जान लागेको हो । महतोसँगै शरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मिया पनि मन्त्री बन्ने भएका छन् ।

शरदसिंह भण्डारी : उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री,अनिल झा : खानेपानी मन्त्री,लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री,विमल श्रीवास्तव : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री,उमाशंकर अरगरिया : युवा तथा खेलकुद मन्त्री,चन्दा चौधरी : महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री,एकबाल मिया : वन तथा वातावरण मन्त्री बन्ने भएका छन् ।

त्यस्तै,राज्यमन्त्री बन्नेहरुमा चन्द्रकान्त चौधरी उर्जा राज्यमन्त्री र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री बन्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर